नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरू भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शुक्रबार ललितपुरमा उक्त सम्मेलन उद्घाटन गरेकी हुन्।
सम्मेलनमा १५ देशका वैज्ञानिकहरू सहभागी छन्।
नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा वैज्ञानिक सम्मेलन गरिएको हो।
सम्मेलनमा विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुनेछ।
सम्मेलनको समुद्घाटन गर्दै शिक्षा मन्त्री भट्टराईले विज्ञानलाई नेपाली समाजसँग बुझाउने गरी काम गर्नुपर्ने बताइन्।