Enquiry

+977-099-520729

info@fwu.edu.np

News Detail

  • By / Admin
  • Sep 26, 2021

एम.बि.ए. शैक्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर,१० असोज

सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक सत्र देखिसंचालनमा आएको बहुप्रतिक्षित  एमबिए(MBA) शैक्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रम महेन्द्रनगरमा अाज सम्पन्न भएको छ । 

सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायले आयोजना गरेको उक्त कार्यक्रम केन्द्रीय क्याम्पस व्यवस्थापन केन्द्रीय विभाग र कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीमा एमबिएशैक्षिक कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूलाइ कार्यक्रम संचालन, व्यवस्थापनर मूल्याङ्कन  प्रणाली सम्बन्धमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

व्यवस्थापन संकायका डीन प्रा.डा. पदमराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. हेमराज पन्त प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. भवानी चन्द ठकुरी, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा मुकुन्दवल्लभ कलौनी,हरिशंकर पन्त, डा. राजेन्द्रबीर चन्द, डा. गोविन्दराज जोशी , शंकरदत्त भट्ट र मनिष ओझा लगायतले मन्तव्य राखेको कार्यक्रम गम्बीर बहादुर चन्दले संचालन गरेका थिए ।

कञ्चनपुरकाप्र तिष्ठित व्यापारी एवं कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले उद्मशीलता र व्यवसायीकता बारे विद्यार्थीहरूलाइ प्रोत्साहित गर्न निजको उद्योगमा उत्पादित डिटरजेण्ट पाउडर र लुगाधुने साबुन उपार स्वरूप सबैविद्यार्थीहरूलाइ प्रादन गरेका थिए ।