Enquiry

+977-099-520729

info@fwu.edu.np

News Detail

  • By / Admin
  • Dec 3, 2021

विश्वविद्यालयको ९ औं साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको ९ औं साधारण सभा सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।


प्रधानमन्त्री निवासबालुवाटारमा आज सम्पन्न सभाले विश्वविद्यालयको विभिन्न नियमावली, कार्याविधि संशोधन गर्नुका साथै गत आ.व.को खर्च अनुमोदन तथा चालु आ.व.को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।


विश्वविद्यालयका रजिष्ट्रार प्रा. यज्ञराज पाठकले पेश गर्नु भएको आर्थिक विवरणमा विश्वविद्यालयले आ.व.मा पूँजिगत तर्फ १३,९७,०५,४७६।४२ र संचालन तर्फ ५३,३०,३०,२३८।७० गरी जम्मा रू.६७,२७,३५,७१५।१२ (अक्षरेपी सतसठ्ठी करोड सत्ताइस लाख पैतिस हजार सात सय पन्ध्र रूपैया पैसा बाह्र मात्र खर्च गरेको छ भने चालु आ.व.का लागि पुँजिगतर्फ४५,२७,३६,०२५। र संचालन तर्फ १,२२,३०,०१,१७५। गरी जम्मा रू. १,६७,५७,३७,२००।(अक्षरेपी एक अर्ब बाइस करोड तीस लाख एक हजार एक सय पचहत्तर रूपैयाको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।


उपकुलपति प्रा.डा. अम्मराज जोशीले विश्वविद्यालय क्याम्पस समायोजनसँग सम्बन्धित समस्या समाधान गरिने बताएका छन् । कोभिडको अवस्थामा विद्यार्थीहरूको शैक्षिक सत्र खेर जाननदिन वैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि संचालन गर्नुका साथै शिक्षक, कर्मचारीअक्षय कोष, अनुसन्धान कोष र सार्वजनिक निजी साझेदारीमा छात्रवृत्ति कोषको स्थापना गरिएको बताएका छन् ।  गेटामा निर्माणाधानी गेटा अस्पताललाइ विश्वविद्यालय मातहत संचालन गर्नु उपयुक्त हुने बताएका छन् ।सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरूको प्रदेशको जोखिमयुक्त वस्तीहरूको विस्तृत अध्ययन गरी बाढी, पहिरो, भू–क्षय, आगजनी, भूकम्प, लगायतका प्राकृतिक प्रकोपको सम्भावित क्षेत्रहरूको पहिचानका लागि Hazard Mapping गर्नु अपरिहार्य भएको र सुदूरपश्चिम विश्वविद्यालयले सामाजिक उत्तरदायित्व निर्वाह गर्न अग्रसर हुने र त्यसका लागि नेपाल सरकार र सम्बन्धित निकायहरूको नीतिगत सहयोगको अावश्यकता रहेको कुरामा जोड दिनु भयो । 


शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सभाका उपाध्यक्ष देबेन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशमा महाकाली, सेती, कर्णाली जस्ता अपार जलस्रोतका भण्डारहरु, खप्तड, शुक्लाफाँटा, रामारोशन, अपि, सैपाल जस्ता नयनाभिराम जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनाहरु बोकेको यस क्षेत्रमा त्यहाँको आवश्यकता र माग अनुसारको अनुसन्धानमुखी शिक्षा सर्वसुलभ रुपमा व्यवस्था गर्नु यस विश्वविद्यालयको प्रथम कर्तव्य रहेकाले उच्चशिक्षाका कार्यक्रमहरुमा प्राविधिक तथा व्यवसायिक शिक्षालाई विशेष जोड दिई यी सम्पदाहरु र सम्भावनाहरुलाई उपयोग गरी त्यहाँका वासिन्दाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने कार्यमा विश्वविद्यालयले प्रमुख भूमिका निर्वाह गर्ने तर्फअग्रसर हुनु पर्नेमा जोड दिनु भयो ।


विश्वविद्यालय सभालाइ सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री एवं सभाका अध्यक्ष शेर बहादुर देउवाले  विश्वविद्यालयलाइ  व्यवसायिक, वैज्ञानिक, अनुसन्धानमुलक, सेवामुलक तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने थलोको रूपमा विकसित गर्नु पर्ने बताउनु भएको छ । सुदूरपश्चिमको भाषा, संस्कृति र प्राकृतिक सम्पदाको अध्ययन अनुसन्धान गर्ने कार्यमा समेत विशेष जोड दिन अाग्रह गर्दै रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाइ न्यूनीकरणका गर्न प्राविधिक, कृषि, विज्ञान तथा वन विज्ञान तर्फको अध्ययनको विकास गर्नु पर्ने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आफ्ना १६ वटा आंगिक क्याम्पस मार्फत शैक्षिक कार्यक्रम संचालन गर्दै आएको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा कुल जम्मा १८,८७३ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।